इंग्ल्याण्ड र वेष्टइन्डिजबीच पहिलो टेष्ट आज हुँदै

इंग्ल्याण्ड र वेष्टइन्डिजबीच पहिलो टेष्ट आज हुँदै

२४ असार २०७७ काठमाडौं : कोरोना महामारी पछि ठप्प रहेको क्रिकेट आजबाट फेरि सुरु हुने भएको छ । बिगत चार महिना देखि स्थागीत रहेको विश्व क्रिकेट पुनः मैदान फर्कन लागेको हो ।

तीन खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेल आज इंग्ल्याण्डको साउदह्याम्पटनस्थित एजेज बलमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

इंग्ल्याण्ड बेन स्टोक्स र वेष्ट इन्डज ज्यासन होल्डरको कप्तानीमा मैदान उत्रदैछ । आइसीसीको विश्व टेष्ट वरियतामा होल्डर नम्बर वान अलराउण्डर हुन् भने स्टोक्स दोस्रो स्थानमा छन् । नियमित कप्तान जो रुट पारिवारिक कारण पहिलो टेष्टमा अनुपस्थित भएपछि अलराउण्डर स्टोक्सले इंग्ल्याण्डको टेष्ट टिमको नेतृत्व गर्न लागेका हुन् ।

कोरोना महामारीकै समयमा हुन थालेको यो खेल क्लोज डोरमा हुनेछ । जहाँ छक्का चौका प्रहार हुँदा विकेट लिँदा मैदानमा समर्थन गर्ने दर्शक भने हुने छैनन् । यस्तै क्रिकेट खेलमा प्रयोग हुने बलमा थुक लगाउन पाइने छैन । यसअघि बललाई थुकले चम्काउने गरिएकोमा अब त्यसो गर्न नपाउने गरी आइसीसीले अन्तरिम नियम बनाएको छ ।

फरक परिस्थितीमा हुन लागेको यस खेलका लागि सबैखाले प्रोटोकलहरु फलो गरिनेछ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ