राजनिती

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुरा झुठा प्रचार मात्र : प्रवक्ता श्रेष्ठ

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुरा झुठा प्रचार मात्र : प्रवक्ता श्रेष्ठ

२० असार २०७७ काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिबिरुध्द महाअभियोग प्रस्ताव ल्याउने भनेर अनर्गल झुठा प्रचार कसैले गर्न नहुने स्पष्ट पारेका छन् ।

आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र हुन लागेको बताउँदै तपाईहरुको लाईन कता हो ? भन्दै साईडक क्लियर गर्न निर्देशन दिएका थिए । ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजिएको संकेत मन्त्रीहरुसँग गरेका थिए ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ(आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।

के थियो घटना ?

सनिबार साझ बालुवाटारमा बसेको मन्त्रिहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको बताए। त्यसपछि उनले यस्तो परिस्थिति आए जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि सनिबार साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए । र आफुले यसको अन्तिमसम्म सामना गर्ने जानकारी मन्त्रीलाई दिए ।’

सहमतिका लागि छलफल गर्न भन्दै स्थायी कमिटी बैठक दुई दिन रोकिएको अवस्थामा प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र आफ्ना सल्लाहकारहरूलाई समेत बोलाएर पछिल्लो परिस्थिति अवगत गराएका हुन् ।