फुटबलसमाचार

बार्सिलोनाबाट युभेन्ट्स जाने भए आर्थर

बार्सिलोनाबाट युभेन्ट्स जाने भए आर्थर

१६ असार २०७७ काठमाडौँ : स्पानिस क्लब बार्सिलोनाका मिडफिल्डर आर्थर इटालियन क्लब युभेन्टस जाने निश्चित भएको छ । उनि यस सिजन सकिएपछि युभेन्टस जानेछन।

सोमबार बार्सिलोना र युभेन्टस क्लबबीच सम्झौता भएपछी आर्थरको विषयमा निर्णय भएको हो । सम्झौता अनुसार इटालियन च्याम्पियन युभेन्टसले आर्थरलाई ७२ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

बार्सिलोनाको आधिकारिक वेवसाइटले दुई क्लबबीच सम्झौता भएको र सिजनको अन्त्यपछि आर्थर युभेन्टस जानेछन् ।

आर्थर सन् २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना पुगेका थिए । जहाँ उनले क्लबका लागि कुल ७२ खेल खेलेका छन् ।

आर्थरले स्पानिस क्लबमा दुई सिजन बिताउँदा दुई उपाधि जितेका छन् । यसअघि आर्थर र युभेन्ट्सका मिरालेम प्यानिच साट्ने चर्चा भएपनि आर्थरको विषयमा मात्रै सम्झौता भएको हो ।