समाचारसमाज

ट्याक्सी चालकद्वारा आन्दोलन

ट्याक्सी चालकद्वारा आन्दोलन

१६ असार २०७७ काठमाडौं : कोरोना महामारीका कारण राज्यले गरेको लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

ट्याक्सीसहित ल्याएर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरुले मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा प्रदर्शन गरेका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।