निजी सवारीमा जोर बिजोर लागु, सार्वजनिक यातायात नचल्ने
निजी सवारीमा जोर बिजोर लागु, सार्वजनिक यातायात नचल्ने
२९ जेठ २०७७ काठमाडौँ: सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।
तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ । उपत्यकाभित्र जोर बिजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालकबाहेक दुईजना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।
उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।