डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुदै
डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुदै
२४ जेठ २०७७ काठमाडौँ : सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको को नतिजा शनिबार राति सार्वजनिक हुँदैछ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।
डिभीको नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।
यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।