Breakingकोरोनाभाइरससमाचार

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

२४ जेठ २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौंमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।