पत्रपत्रिकासमाचारसमाज

मातेका जनप्रतिनिधिद्वारा चौकी आक्रमण

मातेका जनप्रतिनिधिद्वारा चौकी आक्रमण

२२ जेठ २०७७ काठमाडौँ : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार करिब ९ बजे नगरपालिकाको वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो । आफ्नो नेतृत्वमा २५ जना भन्दा बढी स्थानीय युवाहरु लिएर प्रहरी पोष्ट माथि आक्रमण गरी उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । जानकारी अनुसार, अत्याधिक मदिरा सेवक गरेर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुडाले आक्रमण गरेका हुन् । एक्कासी पोष्ट माथी आक्रमण गरेका उनीहरुले प्रहरी ईन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । वडा अध्यक्षको साथमा आएका उनका छोरा लगायतको समुह चक्कु र अन्य हतियार समेत बोकेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ ।

२२ जेठ २०७७ काठमाडौँ : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार करिब ९ बजे नगरपालिकाको वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।

प्रहरी सहायक निरिक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केहि प्रहरी काम बिशेषले बाहिर रहेको बताईएको छ । उनीहरुले प्रहरी ईन्ट्री पोस्ट भत्काउनुका साथै, ईन्चार्जको बर्दि समेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् । घटनाको प्रत्यक्षदर्शीका, उनीहरुले प्रहरीकोे हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् । ‘दिनभर क्वारेन्टिन व्यबस्थापनको कामबाट फर्किएर आउने बित्तिकै खाना खान लागेको थिए,’ प्रहरी ईन्चार्ज प्रहरी सहायक निरिक्षक धनबहादुर साउँदले भने, ‘एक्कासी आतंककारी शैलीमा आएर हामी माथी आक्रमण गरियो ।’

उनका अनुसार सुरुमै डिउटीमा बसेको प्रहरीलाई अध्यक्षले माथी लात्तिले हानेका थिए । उनका छोरा लगायतले हातमा चक्कु समातेको स्थानीयले देखेका छन्, पोष्ट ईन्चार्ज साउँदले भने, ‘हामी माथी अन्याय भयो, हामी असुरक्षित भयौ ।’ पेस्तोल खोसाखोस हुँदा प्रहरी सहायक निरिक्षक साउँदको बर्दि ल्यातिएको छ । साउँदका अनुसार, दादागिरी मच्चाउदै आएका अध्यक्ष केसीलाई बिहानपल्ट हेलमेट बिनै बाईक कुदाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न डिउटीमा रहेको प्रहरीले अनुरोध गरेको थियो ।

२२ जेठ २०७७ काठमाडौँ : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार करिब ९ बजे नगरपालिकाको वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।

अध्यक्ष केसीले तँ हवल्दार चुप लाग भन्दै हप्काएका थिए । तँलाई देखाईदिन्छु पख भन्दै झेक्किएर गएका थिए । त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरि प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो । त्यहि रिसको आवेगले मादक पदार्थको उन्माद चढेको बेला अन्य युवाहरुलाई उक्साएर प्रहरी चौकिमाथी आक्रमण गरेको स्थानीयबासीको भनाई छ । जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यस अघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको डिउटी टोलीका प्रमुख माथी पनि आक्रमण गरेका थिए । वडाअध्यक्ष केसी तत्कालिन माओबादी पार्टिबाट उमेद्वारभई निर्वाचित भएका हुन् । सत्ता र पार्टिको पहुँचका भरमा उनी बेला बेला बिवादित हुँदै र दादागिरी मच्चाउदै आएका छन् । मदिरापानपछि हुने उनको हर्कतले स्थानीयहरु त्रसित बनेका छन । यो खबर हामीले जनआस्था साप्ताहिकबाट लिएका हौ।