कोरोनाभाइरसदेशसमाचार

४८ दिनपछि उदयपुर बन्यो कोरोना मुक्त

४८ दिनपछि उदयपुर बन्यो कोरोना मुक्त

२२ जेठ २०७७ विराटनगर : नेपालमा कोरोना संक्रमणको सुरुवाती हब बनेको उदयपुर अहिले आएर ४८ दिनपछि उदयपुर संक्रमित मुक्त बनेको छ। बिहीबार काेराेना निकाे भएर ३ जना डिस्चार्ज भएसँगै उदयपुरमा कोरोना संक्रमण शून्यमा झरेको हो।

उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो ।

प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । भुल्केमा ४८ दिनपछि संक्रमित शून्यमा झर्दा प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।

चारजना स्वास्थ्यकर्मी र २ जना प्रहरीसहित सात जनामा संक्रमण देखिएको धनकुटामा भने कोरोनाको स्रोत अझै भेटिएको छैन । संक्रमणको स्रोत नभेटिए पनि धनकुटाका चार जना संक्रमित स्वास्थ्यकर्मी बिहीबार डिस्चार्ज भएका छन् ।

भुल्केपछिको हटस्पट झापाको कचनकवल गाउँपालिका बनेको छ । कचनकवल गाउँपालिकामा मात्र १०२ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये कचनकवलका १७ जनासँगै ७५ जना उपचारपछि घर फर्किएका छन् ।

देशभर बिहीबारसम्म २ हजार ६ सय ३४ पुगेको छ । कोरोनाकै कारण १० जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *