अन्तरास्ट्रिय

अमेरिकी प्रहरीले ट्रम्पलाइ भने, ‘तिम्रो मुख बन्द गर’ !

अमेरिकी प्रहरीले ट्रम्पलाइ भने, ‘तिम्रो मुख बन्द गर’ !

२० जेठ २०७७ काठमाडौं : अमेरिकामा जारि आन्दोलनलाइ लिएर एक प्रहरी प्रमुखले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पलाइ आफ्नो मुख बन्द गर्न चेतावनी दिएका छन्।

होउस्टन शहरका प्रहरी प्रमुखले ट्रम्पलाई आफ्नो मुख बन्द राख्न खुल्ला चेतावनी दिएका हुन् ।

सीएनएनसँगको अन्तर्वार्तामा टेक्सास राज्यस्थित होस्टन शहरका प्रहरी प्रमुख आर्ट एसभेडोले भने, ‘राष्ट्रपतिले कुनै रचनात्मक कुरा बोल्न सक्नुहुन्न भने आफ्नो मुख बन्द राख्नुस् (सट अप योर माउथ) । किनकी तपाईंले अमेरिकी युवाहरुको जीवनलाई जोखिममा पार्दै हुनुुहुन्छ ।’

‘यो प्रभुत्व जमाउने कुरा होइन, मान्छेको मन र मस्तिष्क जित्ने सवाल हो । हामी हिंसामा होइन, प्रेममा विश्वास गर्छौं,’ उनले भने ।

सोमबार मात्रै गर्भनरसँगको भिडियो कम्फ्रेन्समा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलनकारीका सामु प्रहरी ‘पंगुहरुको बथान’ बनेको टिप्पणीसमेत गरेका थिए ।

ट्रम्पले भनेका थिए, ‘यदि तिमीहरुले शहर र राज्यमा आफ्नो प्रभूत्व जमाउन सकेनौ भने उनीहरु तिमीहरुमाथि हावी हुनेछन्,’ ट्रम्पले भने, ‘अहिले तिमीहरु निकै कमजोर देखिएका छौं ।’

ट्रम्पले दिएको यो अभिव्यक्तिलाई लिएर अमेरिकाभित्र आलोचना सुरु भएको छ ।