भारतबाट आएकालाइ पुर्याउदै गरेको बस दुर्घटना, १२ को मृत्यु २१ घाइते
भारतबाट आएकालाइ पुर्याउदै गरेको बस दुर्घटना, १२ को मृत्यु २१ घाइते
१९ जेठ २०७७ काठमाडौं : भारतबाट आएका नेपालीहरुलाई बोकेर सल्यान जादै गरेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।
भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । १२ जनाको मृत्यु भयो । चार–पाँच जनाको अवस्था गम्भीर छ ।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।