डिल्लीबजार कारागारमा कैदीबीच झडप
डिल्लीबजार कारागारमा कैदीबीच झडप
११ वैशाख २०७७ काठमाडौं : डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको समाचार बाहिरिएको छ ।
चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको समाचार बाहिरिए पनि काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।
‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’
अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरीले बतायो ।
थप अनुसन्धान भइरहेको जनाइएको छ ।
