प्रधानमन्त्रिले भारतको बिरोध गर्दा कांग्रेसलाइ पोल्यो

प्रधानमन्त्रिले भारतको बिरोध गर्दा कांग्रेसलाइ पोल्यो

९ जेठ २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रिले दिएको भारत बिरुद्धको अभिव्यक्ति प्रति असन्तुस्ट जनाउंदै प्रधानमन्त्रिले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी हलुका अभिव्यक्ति दिने काम गरेको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना भाइरसका बिषयमा दिएको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थप्ने काम गरेको कांग्रेसको ठहर छ ।

प्रधानमन्त्री ओलीले भारतको स्वस्तिक चिन्हमा सत्यमेव जयंते भनेर लेखिएकोमा भारतले पनि सत्यको नै साथ दिनेछ र अनावश्यक कब्जा गरेको नेपालको भुमि फिर्ता गर्नेछ भन्ने आशयको बाक्य प्रयोग गरेका थिए। त्यस्तै कोरोना भाइरस का सन्दर्भमा भारतबाट आएका नेपालीमा अन्य देशबाट आएका भन्दा काडा खालको कोरोना भाइरसको जीवाणु रहेको पाइएको बताएका थिए।

कांग्रेस उप-सभापति बिमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले राष्ट्रवादका नाममा उत्तेजना फैलाउने काम नगर्न आग्रह गरेको हो ।

‘सरकारको नीति तथा कार्यक्रमममाथि उठेका प्रश्नहरूको उत्तर दिने क्रममा संसदीय मर्यादा र अभ्यास विपरीत प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतिकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरू थपिएको छ,’ प्रतिष्ठानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानको दुई दिन बसेको बैठक’bout सार्वजनिक निर्णयमा सरकारलाई सीमा समस्या समाधानका लागि उच्चस्तरीय कुटनीतिक पहल गर्न भनिएको छ ।

लिपुलेक मार्गसँगै भारतसँग सीमा जोडिएका र उत्तर चीनतर्फ रहेका सीमा समस्याहरूको स्थायी समाधान खोज्न उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने प्रतिष्ठानको निष्कर्ष रहेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ