अन्तरास्ट्रिय

सार्वजनिक भए ‘किम जोङ्ग उन’

सार्वजनिक भए ‘किम जोङ्ग उन’

२० वैशाख २०७७ काठमाडौं : विश्वका विभिन्न संचार माध्यमले कोरोना संक्रमणका कारण उत्तर कोरियाका नेता किम जोङ्ग उन बिरामी परेको वा मृत्यु नै भैसकेको बताइरहेका बेला २० दिनदेखि सार्वजनिक नभएका किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनि एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका र उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी भएको तस्बिर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।

यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।

सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।