Breakingराजनितीसमाचार

नेकपाको बैठक सकियो, अर्को बैठक आगामी २० गते

नेकपाको बैठक सकियो, अर्को बैठक आगामी २० गते

१७ वैशाख, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक भर्खरै सकिएको छ । बैठक लामो समय चले पनि बैठकमा कुनैपनि निर्णय हुन सकेन।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सचिबालयका सबै सदस्य उपस्थित थिए । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति आगामी २० गतेका लागि तोकेको छ ।

बैठकमा पार्टी भित्रका आन्तरिक समस्याका बिषयमा छलफल भएपनि नेताका मागबारे आगामी २० गरेको बैठकमा प्रस्तुत गरिने प्रबक्ता नारायण काजि श्रेष्ठले जानकारी दिएका छन्।