Breakingकोरोनाभाइरसदेशसमाचार

झापामा दोश्रो कोरोना संक्रमित फेला, संक्रमित संख्या ५२ पुग्यो

झापामा दोश्रो कोरोना संक्रमित फेला, संक्रमित संख्या ५२ पुग्यो

१४ बैशाख २०७७ काठमाडौँ: झापामा दोश्रो कोरोना संक्रमित फेला परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार संक्रमित व्यक्ति झापाका ५० बर्षीय पुरुस रहेको बताएको छ। बिराटनगरको कोशी अस्पतालमा आइतबार भएको परिक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो। संक्रमित व्यक्ति यस अघि आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने हाल सम्म १६ जना उपचार पछि घर फर्किएका छन्।