अमेरिकामा कोरोनाबाट ५० हजार भन्दा बढीको मृत्यु
अमेरिकामा कोरोनाबाट ५० हजार भन्दा बढीको मृत्यु
१२ बैशाख २०७७ काठमाडौँ : महामारीको रुपमा फैलिएको कोरोनाका कारण आक्रान्त बनेको अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको भन्दा उकालो लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ ।
वर्ल्डओमिटरको तथ्यांकमा अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार दुई सय ४३ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको कूल संख्या आठ लाख ८६ हजार ७ सय ९ पुगिसकेको छ ।
यसैबीच, अमेरिकामा पछिल्लो पाँच सातामा बेरोजगारी सुविधाको लागि आवेदन दिनेको संख्या पनि दुई करोड ६५ लाख नाघेको छ । कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाभर लगाइएको लकडाउनको असर बेरोजगारीको संख्यामा देखिएको हो। अमेरिकामा बढ्दो बेरोजगारीको कारण अर्थतन्त्रमा पनि ठूलो असर पर्न सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिँदै आएका छन्।
