समाचार

ठेकदार भाग्यो, बस्ने ठाउँबाट लखेटे: हामि कहाँ जाने सरकार ?

ठेकदार भाग्यो, बस्ने ठाउँबाट लखेटे: हामि कहाँ जाने सरकार ?

४ बैशाख २०७७ काठमाडौँ : देश आज २३ दिन देखि लकडाउनमा छ। हरेक नेपालीको कामकाज नै ठप्प छ। कुनै उद्योग चलेका छैनन्। कसैको व्यापार बन्द छ त कसैले आफ्ना उपज बजार पुर्याउन पाएका छैनन्।

यिनै असहजता बीच बाचिरहेका नेपालीहरुको दैनिकी कसैको कम त कसैको बढी कस्टकर बन्दै गुज्रिरहेको छ।

यहि भिड माझ दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु बढी मारमा परेको सुनिरहँदा यिनै मजदुर हरु गास न बासका भएको खबर बाहिरिएको छ। पशुपति गुहेश्वरी लगायतका क्षेत्रमा करिब २०० जति मजदुर अलपत्र परेका छन्।

उनीहरुलाई काम दिने ठेकदार भागेको र बस्ने ठाउँ बाट पनि कोरोना सर्छ भन्दै लाखेटेपछि त्यहाँ आएर बसेको उनीहरुको गुनाशो रहेको छ। उनीहरु ठेकदारले फोन पनि अफ गरेकोले आफु संग पैसा पनि नभएको र रासन पनि नभएको गुनाशो गर्छन।

खाने र बस्ने केहि पनि व्यवस्था नभएका उनीहरु घाम-पानी जे भएपनि रुख मुनि दिन र रात गुजार्न बाध्य छन्। उनीहरु संग न त दुइ छाक टार्ने कुनै व्यवस्था नै छ न त पैसा नै, न त सुत्ने ठाउँ नै छ न ओछ्यान नै !

यसैबीच श्री कृष्ण प्रणामी समाजले उनीहरुलाई एक छाक भएपनि भोजनको व्यवस्था गरेको समाजका सदस्य भोला दाहाल बताउनुहुन्छ।

हामि आर्थिक रुपमा बलियो नभएपनि मानवीयतालाइ मध्यनगर गर्दै दैनिक एक छाक बेलुकाको समयमा यी अलपत्र मजदुरहरुलाई खाना खुवाइरहेका छौं। यो सबै सहयोग गरिरहँदा हामीले सामाजिक दुरी कायम गरेको र मजदुरलाई पनि दुरी कायम गर्नुपर्छ, साबुन पानीले हात धुनुपर्छ भन्ने गरेको उहाँ बताउनु हुन्छ।