Breakingकोरोनाभाइरससमाचार

अमेरिकामा कोरोना संक्रमण विश्वभरकै उच्च

अमेरिकामा कोरोना संक्रमण विश्वभरकै उच्च

१४ चैत २०७६ झापा: विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण मृत्युवरण गर्नेहरुको संख्या बढ्ने क्रममा संक्रमित व्यक्तिको संख्या पनि उकालो लाग्ने क्रममा छ।

चीनको वुहानबाट उद्गम स्थल मानिएर सुरु भएर विश्वभर फैलिएको यो भाइरस अहिले इटाली, स्पेन हुँदै सबै भन्दा प्रभावित मुलुक बनेको छ अमेरिका।

अन्य देशहरुमा कोरोन भाइरसको संक्रमण उच्च देखिएपनि संयुक्तराज्य अमेरिकामा बुलेट ट्रेनको गतिमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण हाल ८५ हजार २६८ जना सङक्रमित रहेकोमा १ हजार २९३ जनाको मृत्यु भएको छ भने १८६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म देखा परेको संक्रमणमा सबै भन्दा उच्च संक्रमण देखिएको अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रंपले संक्रमण देखिनु भरपर्दो परिक्षणको नतिजा भएको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पांच लाख ३१ हजार ६८५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा एक लाख २३ हजार ९२८ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ८३ हजार ६८७ व्यक्ति हाल उपचारारत छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण आठ हजार २१५ जनाको मृत्यु भएको छ । कुल ८० हजार ५८९ जना सङक्रमित रहेका छन् । दस हजार ३६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ४ हजार ३६५ जनाको मृत्यु भएको छ । हाल ५७ हजार ७८६ जना सङक्रमित रहेकोमा बिहीबार प्राप्त एक समाचारका अनुसार सात हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ८१ हजार २८५ जना सङ्क्रमित फेला परेकोमा ३ हजार २९२ जनाको मृत्यु भएको छ भने सुक्रबार सम्म ७४ हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।