स्पेनमा चार नेपाली कोरोना भाइरस संक्रमित

स्पेनमा चार नेपाली कोरोना भाइरस संक्रमित

१४ चैत २०७६ बार्सिलोना : महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभावित स्थान स्पेनमा चार जना नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका ति नेपालीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ भने अन्य ३ जना नेपालीको भने हस्पितालेद क्षेत्र रहेको र उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस:-  कोरोना संक्रमित ४७ हजार २७३ को मृत्यु नौ लाख ३८ हजार सङक्रमित

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ