भारत र चीनसंगका नाका एक साताका लागि बन्द गर्ने सरकारको निर्णय
भारत र चीनसंगका नाका एक साताका लागि बन्द गर्ने सरकारको निर्णय
९ चैत २०७६ काठमाडौँ : विश्वभर माहामारी फैलिरहेको कोरोना भाइरस (कोभिद -१९) को बिषयलाई लिएर नेपाल सरकारले आज रति १२ बजे बाट लागु हुने गरि भारत र चीन संग जोडिएका सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।
यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उक्त कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केहीपछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।
