बीरगञ्जमा कोरोना संक्रमित भेटिएको भन्ने समाचार हल्ला मात्र
बीरगञ्जमा कोरोना संक्रमित भेटिएको भन्ने समाचार हल्ला मात्र
९ चैत २०७६ काठमाडौं : विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बिरामी बीरगञ्जमा संक्रमित भेटिएको भन्ने समाचार हल्ला भएको पुस्टि भएको छ।
केहि समय अघि एक व्यक्तिमा कोरोनाको आशंका गरिएपनि उनलाई तत्कालै पटना स्थित पटना मेडिकल कलेज, बिहारमा भर्ना गरिएको थियो । तर अस्पतालमा बुझ्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले नेपाली संचारमध्यमलाइ जानकारी दिएका छन् ।
उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको बताएका छन्।
तर भारतीय तथा नेपाली टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट त्यस्तै खबर आएको बताएका थिए ।
६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित भनिएका ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो । त्यसपछि उनलाई पटना रिफर गरिएको हो।
