सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार अफवाह हो: नेपाली सेना
सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार अफवाह हो: नेपाली सेना
८ चैत २०७६ काठमाडौँ : कोरोना भाइरसले विश्वभर महामारीको रुप लिई रहेका बेला सामाजिक सञ्जालमा भाइरल बनेको मध्यरातमा नेपाली सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार पनि अफवाह भएको नेपाली सेनाले बिज्ञप्ति नै निकालेर बताएको छ ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानराज पाण्डेले यसको खण्डन गरेका छन् । सेनाले विज्ञप्ति जारी गर्दै झुटो प्रचारमा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ ।
साथै कोरोना भाइरसको अहिलेसम्म कुनै छुट्टै औषधि पत्ता लागेको नभएपनि चीनले भने मलेरियालाइ प्रयोग हुने औसधिले कोरोना रोकथामका लागि प्रभावकारी भूमिका खेलेको बताएको छ ।
यस्तै टेकु अस्पतालमा कोरोनाका कारण मृत्यु भएको दाबी पनि अफवाह भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसरी अफवाह फैलाउने व्यक्ति हाल अमेरिकाको टेक्कसमा भएको पाइएको छ । र, उनको त्यो पोष्ट हटाउन सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पत्राचारसमेत भइसकेको छ ।
