Breakingकोरोनाभाइरसदेशसमाचार

बन्द गरेको भनिएका नेपालका सीमाबाट भारतीयहरु निर्वाध रुपमा गर्छन आवतजावत

बन्द गरेको भनिएका नेपालका सीमाबाट भारतीयहरु निर्वाध रुपमा गर्छन आवतजावत

८ चैत २०७६ काठमाडौं : नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यो संगै नेपाल प्रवेश गर्ने भारतीयको संख्या बढेको पाइएको छ।

थप संक्रमण संगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २८३ पुगेको छ भने ५जना संक्रमितको मृत्यु भैसकेको छ।

स्थानीय सुमन प्याकुरेलले जनाए अनुसार झापाको झापा गाउँपालिकास्थित भारतसंग जोडिएको सिमानामा रहेको पन्थापाडा, दिगलब्यांक लगायतका क्षेत्रबाट केहि भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु निर्बाध रुपमा आवत जावत गरिरहेको बताउछन । उनले भने, ‘पन्थापाडा, दिगलब्यांक लगायतका सिमाबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल आवत जावत गरिरहेका छन्, नेपालमा कोरोना प्रवेश गर्न नदिन यसलाई तत्काल रोक्नु पर्छ ‘। प्याकुरेल यस्ता समाजसेवी हुन् जसले यस बिकट घडीमा व्यक्तिगत लगानीमा सर्वसाधारणलाइ मास्क वितरण गरिरहेका छन्।

यता नेपाल रेडक्रसका जिल्ला अध्यक्ष रहेका लोकराज ढकालले झापामा कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टाइन निर्माणमा रेडक्रस झापाले पूर्ण सहयोग गरिरहेको बताउनु भएको छ। उहाँले समेत बोर्डरमा निर्वाध आवत जावत पूर्ण रुपमा बन्द गर्नुपर्ने धरणा राख्नुभएको छ।

भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।

कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । घरबाट बाहिर कोही पनि ननिस्किएर ‘जनता कर्फ्यू’लाई सफल बनाउन उनले आह्वान गरेका छन् ।

यस अवधिमा भारतभर २२ घण्टासम्म यात्रुवाहक रेल सन्चालन हुने छैनन् । एयरलाइन्स कम्पनीहरुले पनि ४० प्रतिशत उडान बन्द गर्ने निर्णय गरेका छन् ।