समाचार

चैत १० गते देखि लामो दूरीका रुटमा मोटरसाइकल समेत चलाउन नपाइने

चैत १० गते देखि लामो दूरीका रुटमा मोटरसाइकल समेत चलाउन नपाइने

७ चैत २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् ।

यस प्रसंगमा यातायात व्यवस्था बिभाग संग प्रस्न गर्दा यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालले यस्तो जवाफ दिएका छन, लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न ।’

तर लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ ।

महानिर्देशक हमालका अनुसार स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालका यात्रुबाहक सवारी चलाउन पाइने छैन ।