Breakingदेशसमाचार

यी अत्यावश्यक सेवा जुन बन्द हुने छैन !

यी अत्यावश्यक सेवा जुन बन्द हुने छैन !

७ चैत २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने घोषणा गरेपछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् भन्ने जिज्ञासा हामीमा उब्जिएको छ ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले भ्यानको वाक्यांश यस्तो छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

सरकारले बन्द गरेका सेवाहरु

१) आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि नेपाल आउने र नेपालबाट बाहिरिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित ।

२) नेपाल संग जोडिएका सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

३) देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

४) आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्‍चालनमा रोक लगाइएको छ ।

५) मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

६)विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

सरकारले राजपत्रमा उल्लेखित बाहेकका सेवाहरु बन्द हुने बताए पनि बन्द नहुने कुन–कुन सेवाहरु अत्यावश्यक सेवा हुन् त भन्ने कुरामा अन्योल छाएको छ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरुभित्र चाहिँ निम्न सेवाहरु पर्छन् ।

हेर्नुहोस् राजपत्र