समाचार

आरसिटिको सान्दार जित

आरसिटिको सान्दार जित

३० फागुन फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा अन्तर्गत आज भएको दोस्रो खेलमा आरसिटि क्लब विजय भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको दोस्रो खेलमा आरसिटि क्ल्बले मध्यपुर युथ एसोससिएन लाई ३-० ले पराजित गरेको छ ।

आरसिटिको जीतमा अजित गुरुङले ह्याटि्रक गर्छन। आरसिटि युथ क्लबले पहिलो हाफमा अग्रता लिन सफल भएको थियो । आरसिटि क्लबको लागि अजित गुरुङले ९औं मिनेटमा गोल गर्न सफल थिए ।

अजित गुरुङले दोस्रो हाफको ४९ औं मिनेटमा ब्यक्तीगत दोस्रो गोल गर्दै २-० अग्रता बनाउन सफल हुन्छन् । त्य्स्तै खेलको इन्जुरी समयम गोल गर्दै अजित गुरुङले अफ्नो ह्याटि्रक पूरा गर्छन् र अफ्नो टोलिलाई ३-० जित दिलाउछ्न।

मध्यपुर युथ एसोसिएसन १ अंक जोड्दै लिगको एघारऔं स्थानमा रहेको छ भने रानीपोखरी कर्नर टिम क्लब ४ अक् जोड्न सफल भएको छ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *