फुटबल

आर्मीलाई हराउदै मनाङ्ग फाइनल प्रवेश,उपाधि भिडन्त पुलिससंग

आर्मीलाई हराउदै मनाङ्ग फाइनल प्रवेश,उपाधि भिडन्त पुलिससंग

२९ फागुन २०७६ पोखरा : आहा रारा गोल्डकपको उपाधि उचाल्ने त्रिभुवन आर्मी क्लबको सपना फेरी चकनाचुर भएको छ । १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइलन खेलमा पुरानै प्रतिद्धन्द्धि मनाङर्मस्यादीसँग आर्मी ३–२ गोल अन्तरले पराजित भएपछि उपाधि जित्ने योजना अधुरै बन्यो । मनाङको जितमा विदेशी खेलाडी फ्रोलेरेन्ट,बिमल राना र अन्जन विष्टले गोल गर्नुभयो । उपाधिका लािग शनिबार मनाङले नेपाल पुलिससंग प्रतिस्प्र्धा गर्ने छ । आहा रारामा १३ औ पटक सहभागी आर्मी चार पटक फाइलन पुगे पनि उपाधि जित्न सकेको छैन ।

सातौ संस्करणमा नेपाल पुलिससंग आर्मी ५–०, आठौमा १–० चौधौमा मनाङसंग १–० र सत्रौमा थ्री स्टारसंग टाइबेकरमा ५–४ गोलले पराजित हुदै उपविजेतामै सिमिति भएको थियो । पोखरेली मैदानमा आर्मीसंगको चौथो भेटमा पनि मनाङले बाजी मा¥यो । नवौं र १३ औं संस्करणको क्वारटफाइलनमा १–० र २–१ ले मनाङले आर्मीलाई पराजित गरेको थियो । मनाङले पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले आर्मी विरुद्ध खेलको चौथो मिनेटमा गोलको खाता खोल्यो । सुशिल लामाको कर्नरमा बिमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले बललाई पोष्टको दिर्शा दिएपछि मनाङले आग्रता लियो ।

अन्जन विष्टको पासमा मनाङका लागि दोश्रो गोल खेलको २९औं मिनेटमा बिमल रानाले गदै अग्रता दोब्बर बनाउनुभयो । आर्मीका गोलरक्षक विवश चौधरीसंग अगाडी बढेको अवस्थामा दोस्रो बार च्याप्दै प्रहार गरेको बल पोष्टमा छिरेपछि आर्मीका खेलाडीहरुको मनोबल कमजोर बन्यो । मनाङ विरुद्ध उत्कृष्ट अवसर सृजना गर्न नसकेको आर्मीले ४१ औं मिनेटमा सृजना गरेको एक मात्रै अवसरलाई कप्तान भरत खवासले हेड मार्फत गोल गदै पहिलो हाफ २–१ मा टुङग्याउनुभयो । पहिलो हाफ मनाङका प्रहार रोक्न समय खर्चिको आर्मीले दोश्रो हाफमा खेलमा सुधार गरेपनि ८१ औ मिनेटमा तेश्रो गोलको सामाना गर्नपुग्यो ।

अन्जन विष्टले ८१ औं मिनेटमा विमल रानाको पासमा विपक्ष किपरलाई विट गर्दै गोल गरेपछि मनाङको भेट पुलिससंग पक्का भयो । ८३ औ मिनेटमा टंक बस्नेतको पासमा दीपकुमार लामाले गोल गदै गोल अन्र्तर घटाउनुभयो । दीपक गुरुङको सटटा ७७ औ मिनेटमा मैदान प्रवेश गर्नुभएका लामाले गोल गदै खेल ३–२ को अवस्थामा पुयाउदाँ आर्मीको १८ औ आहा राराको यात्रा टुङग्याउदै घर फर्किन बाध्य भयो । खेलको १९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले बचाउ गर्नुभया्े । २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा जर्ज्प्रिन्स कार्कीको प्रहार पोष्टिमाथिबाट आकाशियो । २४औं मिनेटमा दयानन्द सिंहले गरेको प्रहार बचाउ भयो । मनाङका प्रशिक्षकले फुजा टोपेले नेपाल आर्मी टिम राम्रो भएको बताउदै एक वा दुई गोलले जित्ने अनुमान गरेको बताउनुभयो । उहाँले पुलिससंगको फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले डिफेन्डमा तालमेल नमिल्दा त्यसको फाइदा मनाङले उठाएको बताउनुभयो । उहाँले पहिलो हाफमा भएको देखिएको कमजोरी दोश्रो हाफमा सुधार गरेपनि अवसरहरु सदुपयोग हुन नसकेको बताउनुभयो ।

३२ वर्षको अगाडिको घटनाको स्मरण

आहा राराको बिहिबारको खेलमा ३२ वर्ष अगाडीको घटनाको स्मरण गरियो । वि.स.२०४४ सालमा त्रिभुवन च्यालेन्ज शिल्ड प्रतियोगिताको फाइलन खेल भैरहदाँ आएको हावाहुरीपछि भागदौड हुदाँ खेल हेन पुगेका ७१ जनाले ज्यान गुमाएको घटनाको स्मरण गदै खेल अघि मौन धारण गदै उनीहरुको स्मरण गरिएको थियो । जनकपुर चुरोटको र बंगलादेशको मुक्ती जाघा क्लबवीचको खेल भैरहदाँ दर्शकहरु भागदौड हुदाँ ज्यान गएको फागुन २९ गतेको स्मरण गदै एक मिनेट मौन धारण गदै खेलाडीहरुले हातमा काटोपटटी बाँधेर खेल खेलेका थिए । उक्त दिनलाई नेपाली फुटबल इतिहासको कालो दिनका रुपमा स्मरण गरिएको हो ।