खेलकुदफुटबल

फ्रेन्च लिग रोकियो

फ्रेन्च लिग रोकियो

२४ फागुन २०७६ एजेन्सी : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा जारि फ्रेन्च लिग वान फुटबलका सम्पूर्ण खेलहरु स्थगित भएका छन् ।

सुक्रबार रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो । फ्रान्समा जारि शीर्ष लिगका खेल कोरोना भाइरसका कारण रोकिएको यो नै पहिलो हो ।

स्थगित गरिएको खेल अब पुनः कहिले गराउने भन्ने आयोजकले खुलाएको छैन । फ्रान्समा फुटबलसँगै खेलकुद सम्बन्धी अरु गतिविधि पनि प्रभावित भएका छन् ।

कोरोना भाइरसकै कारण पेरिस म्याराथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएको बीबीसीले जनाएको छ ।