अझ स्पिड टेलिकमको ‘फोरजी’
अझ स्पिड टेलिकमको ‘फोरजी’
२४ फागुन २०७६ काठमाडौँ : नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य पुरा गरेसंगे नेपाल टेलिकमको फोरजी सेवा अझ स्पिड भएको जनाएको छ। टेलिकमले यही फागुन २२ गते सिष्टम अपग्रेड कार्य पुरा गरेसंगै स्पिड बढेको जनाएको हो ।
कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-policy and charging Rules Functionl) सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा
सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना
ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो ।
पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा
प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउदै गर्दा प्याकेजको
रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त
गर्नेछन् ।
यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी/थ्रीजी/फोरजी अन्तर्गतका डाटा सेवा
ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीले बताएको छ ।
