बि डिभिजन लिग:खुमलटारको सहज जित
बि डिभिजन लिगमा आज एक खेल हुँदै-सम्पूर्ण जानकारी
२३फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज एक खेल मात्र भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको बी डिभिजन लिगको खेलमा आज खुमलटार क्लबले नयाँ बस्ती युथ क्लबको सामना गरेको थियो ।
खुमलटारले पहिलो हाफमा १-० को अग्रता बनाएको थियोे भने दोस्रो हाफमा थप एक गोल गर्दै २-१ को जित दर्ता गर्यो ।
खुमलटारको जीतमा आदिल ३० औं र सबिनले ५० औं मिनेटमा गोल हानेका थिए। सबिनले पेनाल्टीको मार्फत गोल गरेका थिए।
नयाँ ब्स्तिको लागि गणेश गोल हमालले ९० औं मिनेटमा गोल गरेका थिए।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
