भारत जाने साउथ अफ्रीका टोलीको घोषणा(खेल तालिका सहित )
भारत जाने साउथ अफ्रीका टोलीको घोषणा(खेल तालिका सहित )
२२ फागुन २०७६ एजेन्सी: भारत भ्रमणका लागि साउथ अफ्रीका टोली आफ्नो टिमको घोषणा गरेको छ । विराट कोहली बिरुद्ध टिमको कप्तानी साउथ अफ्रीका विकेटकिपर क्विन्टन डे कोक गर्नेछन् । साउथ अफ्रीकाले भारत बिरुद्ध ३ वटा एकदिवसीय सिरिज खेल्ने छ ।

पूर्व कप्तान फाफ डू प्लेसी र रसी व्यन डर डुसेन टिममा फर्केका छन् भने बायाँ हातका स्पिनर बलर जोर्ज लिन्डेलाई पहिलो पटक एक एकदिवसीय टिममा समावेश गरिएको छ ।

यो चोटी क्गीसो रबडा चोटका कारण भने टिममा छैन् । हाल साउथ अफ्रीका अस्ट्रेलिया बिरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दै छ ।
साउथ अफ्रीकाको टिम : क्विन्टन डि कोक(कप्तान) टेम्बा बावुमा, रस्सी भान डेर डुसेन, फाफ डु प्लेसिस, काइल भेरिने, हेनरिक क्लासेन, डेभिड मिलर, जोन-जोन स्मुट्स, एन्डिले फेह्लुकवेयो, लुंगी एनगिडी, लुथो सिपमला, ब्युरान हेन्ड्रिक्स, आरिक नोर्टजे जर्ज लिन्डे, केशव महाराज
सिरिजको पहिलो खेल १२ मार्चमा हुने छ दोस्रो खेल १५ मार्चमा हुनेछ त्यस्तै तेस्रो अन्तिम खेल भने मार्च १८ मा हुनेछ ।

