देशसमाचारसमाजस्वास्थ्य

कोरोना प्रभाव: विश्वभर के -के भयो ?

कोरोना प्रभाव: विश्वभर के -के भयो ?

२१ फागुन २०७६ काठमाडौँ : विश्वभर प्रभाव फैलाईरहेको कोरोन भाइरसले हाल सम्म ३२०२ जनाको ज्यान लिईसकेको छ।

आजको मिति सम्म बिश्वभर ९३ ,१५८ जनामा कोरोना भाइरस भेटिएको छ । जसमध्ये ५१ हजार जनाको सफल उपचार भएको छ । ३९ हजार जना अझ प्रभावित रहेका छन्। जस मध्ये ३ हजार २ सय २ जनाको मृत्यु भैसकेको छ।

चिनको बुहानबाट सुरु भएको मानिएको यो भाइरस हाल सम्म ८० वटा देशमा फैलिसकेको छ। कोरोना भाइरस फैलिएका भनिएका देशमा यसका जीवाणु भएका बिरामीहरु भेटिएका छन् ।

कोरोना सन्त्रास: विश्वभर के -के भयो ?यस भाइरस बाट सबै भन्दा बढी प्रभावित चिन छ। चीनमा हालसम्म ८० हजार जनामा संक्रमद देखिएकोमा २९८१ जनाको मृत्यु भै सकेको छ। अहिलेसम्म चीनले ५०००० जनाको सफल उपचार गरेको छ भने २७५०० जना अझै प्रभावित रहेका छन्।

चिनपछि बढी प्रभाभित मुलिकमा दक्षिण कोरिया, इटाली, इरान,जापान राजेका छन्। दक्षिण कोरियामा द्रुत गतिमा फैलीरहेको कोरोन भाइरसले हाल सम्म ५३२८ जना प्रभावित भेटिएका छन् भने ३२ जनाको मृत्यु भैरहेको छ। त्यसैगरी अर्को कोरोन प्रभाभित देश हो इटाली यस देशमा २५०२ जना प्रभाभित भेटिएका छन् भने ७९ जनाको मृत्यु भैसकेको छ। यस देशमा प्रभावित को संख्या कम भए पनि मर्नेको संख्या बढिरहेको पाइएको छ।

त्यसैगरी तेश्रो प्रभावित मुलुक हो इरान। यस देशमा कोरोन प्रभावित व्यक्तिको संख्या २३३६ देखिएकोमा हाल सम्म ७७ जनाको मृत्यु भैसकेको जनाइएको छ।

कोरोना सन्त्रास: विश्वभर के -के भयो ?कोरोना भाइरसको अलि कम प्रभावित देश हो जापान। यस देशमा २९३ जनामा कोर्न संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको पाइएको छ।