खेलकुदफुटबल

ए डिभिजन लिग: पुलिस बिरुद्ध मनाङको सान्दार जित

२८ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पुलिस क्लब र मनाङ बिचको खेलमा मनाङले जित दर्ता गरेको छ। पुलिसलाई २-० गोल अन्तरले हराउदै मनाङले जित हासिल गरेको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भयेको आजको तेश्रो खेलमा मनाङले पुलिस लाई हराउन सफल भयेको हो ।

सुरुवती समयमा निक्कैनै आक्रमक रुपमा प्रस्तुत भएका दुवै टोलिले राम्रो प्रदर्शन गरेपनी गोल भने हुन सकेन । खेलको १० औ मिनेट्मा मनाङले डि बक्स नजिकै बाट पाएको फृकिकलाई अन्जन बिष्टले गोलमा परिणत गर्न चुकेका थिए।

खेलको ३२ औ मिनेटमा मनाङका बिमल रानाले प्रहार गरेको बलले जाली चुमेपछी १-० ले पछि परेको पुलिस ४३ औ मिनेटमा मनाङका अन्जन बिष्टले दोश्रो गोल गरे पछि २-० ले पछि पर्यो।
त्यसपछि कुनैपनि गोल हुन सकेन र पहिलो हाफ समप्त भयो।

दोश्रो हाफ सुरु भएपछी खेलको ४७ औ मिनेटमै मनाङले अर्को गोल गर्ने मौका गुमायो। खेलको ६९ औ मिनेटमा पुलिसले गोल गर्ने मौका गुमाएको थियो भने त्यसपछि दुवैतर्फबाट कुनैपनी आक्रमक प्रहार हुन सकेन र दोश्रो हाफ बिन कुनै गोल सकियो।

त्यसपछि कुनैपनी गोल नभएपछी खेल २-० ले मनाङले जित्न सफल भयो।

जितसङै मनाङ २५ अन्क सहित लिग तालिकाको तेश्रो स्थानमा उक्लिएको छ भने पुलिस १७ अन्क सहित छैठौं स्थानमा छ ।