विजय गच्छेदार बिरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्धा दर्ता
विजय गच्छेदार बिरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्धा दर्ता
२२ माघ २०७६ काठमाडौं : बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
त्यसै गरी पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै सो त्यस्तै सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अख्तियारले पूवमन्त्री गच्छदार विरुद्ध नौ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशी विरुद्ध सात करोड आठ लाख ४८ हजार, डम्बरबहादुर श्रेष्ठ विरुद्ध नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरेकाे छ ।
त्यस्तै पूर्व सचिव दिनेशहरि अधिकारी विरुद्ध सात करोड आठ लाख ४८ हजार दीप बस्नेतको नौ करोड ६५ लाख ७६ हजार छविराज पन्त नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी गराउनुभयो ।
त्यस्तै यस काण्डका मुख्य पात्र शोभाकान्त ढकल विरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केट मालिक मीनबहादुर गुरुङ ११ करोड २० लाखको सो मुद्दामा ११० जना विरुद्ध विगो तथा सजायँको माग दावि गरेको र ६५ जनाको भने सम्पति जफत गर्न माग बुधबार दायर आरोप पत्रमा छ ।
