नेपाली पत्रकार ओलीलाई उत्कृष्ट स्तम्भ लेखन अवार्ड
नेपाली पत्रकार ओलीलाई उत्कृष्ट स्तम्भ लेखन अवार्ड
२१ माघ २०७६ :नेपाली पत्रकार ओलीलाई उत्कृष्ट स्तम्भ लेखन अवार्ड जितेका छन् । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै प्रज्ज्वल ओलीले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गर्नुभएको हो । इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जित्न प्रज्ज्वल ओली सफल भएका हुन् ।
हंगेरीकाे बुढापेष्टमा भएकाे अवार्ड सेरेमाेनीमा ओलीले स्पेन र अर्जेन्टिनाका प्रतिस्पर्धीलाई पछि पार्दै ८ हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएका हुन् । ओली दी काठमाडौं पाेष्टमा कार्यरत छन् ।
