खेलकुदसमाज

खुला सडक दौड प्रतियोगिता २०७६ सम्पन्न (फोटो फिचर)

खुला सडक दौड प्रतियोगिता २०७६ सम्पन्न (फोटो फिचर)

१८ माघ २०७६ काठमाडौँ : काठमाडौँको गोठाटारमा आयोजित खुला दौड प्रतियोगिता २०७६को उपाधि मदन सिंह भाटले जितेका छन्। श्री कृष्ण प्रणामी मन्दिर गोठाटार बाट सुरु भएको सो दौड ५ किमि को दुरी पुरा गर्ने क्रममा भाटले उपाधि हात परेका हुन्।

श्री कृष्ण प्रणामी युवा परिषदको ३० औँ स्थापना दिवसको अवसर पारेर जिल्ला समितिले काठमाडौँमा खुल्ला सडक दौड प्रतियोगिता सम्पन्न गरेको हो। यो समुहले हरेक बर्ष जस्तो यस्तो दौड प्रतियोगिता आयोजना गर्ने गर्छ। साकाहार जीवन जिउनेहरुका लागि प्रेरणा बनिरहेको यो संस्थाले स्वास्थ्य जीवन जिउने हेतु यस किसिमको कार्यक्रम आयोजना गरेको परिषद्का पुर्वअध्यक्ष भोला नाथ दाहाल ले बताउनु भयो।

कार्यक्रममा पहिलो हुने प्रतियोगीले १७मिनेट ३२.९ सेकेन्डमा दौड पुरा पुरा गरेर पहिलो भएका थिए भने दोश्रो हुने प्रतियोगी बालकृष्ण आचार्यले १८ मिनेट २५.२ सेकेण्डमा दौड पुरा गरे। त्यसैगरी तेश्रो हुने प्रतियोगी जयराम बिशुन्खेले २१ मिनेट ३९.३ सेकेण्डमा दौड पुरा गरेर तेश्रो स्थान सुरक्षित गरेका थिए।

त्यसैगरी महिलातर्फको दौडमा प्रथम हुने खेलाडीहुन् लक्ष्मी मिशुन्खे उनले यो दौड ३२ मिनेट २४.७ सेकेण्डमा पुरा गरेर महिला तर्फ प्रथम भएकी हुन् भने रोशनी गोतामेले ३२ मिनेट ५३.६ सेकेन्डमा दौड पुरा गरेर दोश्रो भईन। त्यसैगरी तेश्रो हुने प्रतियोगी हुन् अर्जु संजेल। उनले ३५ मिनेट ६.६ सेकेन्डमा दौड पुरा गरेकी थिइन।

भारत राज मैनालीले गरेको उक्त कार्यक्रमको अध्यक्षतामा बिजेता खेलाडीलाइ जनही २५००, १५००, र १००० पुरस्कार रकम तथा प्रमाणपत्र समेत प्रदान गरिएको युवा परिषद सचिब सुमन पुडासैनीले बताउनु भयो।

यो संस्थाले रक्तदान, अशहायका लागि निसुल्क भोजन वितरण लगायतका कार्यक्रम गर्दै आइरहेको परिषदका निबर्तमान अध्यक्ष मात्रिका प्याकुरेलले जानकारी दिनुभयो।