स्वास्थ्य

यी हुन् अम्बाका पातमा हुने फाइदाहरु

यी हुन् अम्बाका पातमा हुने फाइदाहरु

अम्बा भन्नाले एक किसिमको फल हो । अम्बा प्राय सबले मानिसले रुचाउने गर्छन् । अम्बामा पातमा भिटामिन ए,बी तथा सी पाइन्छ ।

अम्बाको पातमा हुने फाइदाहरु

मधुमेह रोगीका लागि फाइदा
अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ ।

झाडापखालाबाट मुक्ति
अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

तौल घटाउन
मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

पाचन प्रणालीमा सहयोगी
अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

मुटुका लागि
अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।

बलियो कपालका लागि
अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।

ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।

डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।