यस्तो आलु जसले बुढ्यौली देखिनबाट रोक्छ
यस्तो आलु जसले बुढ्यौली देखिनबाट रोक्छ
काठमाडौँ : सबै मानिस स्वास्थ्य जवान र आकर्षक बन्न चाहन्छन् । अब यस्तो तरिका पत्ता लागेको छ जसले बुढ्यौली पन रोकेर मानिसलाइ सधै जवान देखाउन मद्धत पुर्याउछ । त्यो हो एउटा सामान्य आलु जसको यति धेरै असल गुण भएको पाइन्छ । यसले बढ्दै गएको उमेरबाट जवान देखिनुका साथै रोगबाट समेत बचाउँछ ।
प्याजी रङको आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै र आँक्सिकरण निरोधक तत्व चार गुणा बढी हुन्छ । आँक्सिकरण निरोधक तत्व यस्तो तत्व हो जसले बुढौलीपन रोक्नलाई सहयोग गर्दछ । यो आलु तयार भने अलि फरक ढंगले गर्ने गरिन्छ। रोगहरुबाट बचाउनको लागि पहिले आलुलाई रसायन हालेर टेस्ट ट्युबमा तयार गरी खेतमा लगाइने बताइएको छ ।
अन्य सामान्य आलुको तुलनामा यो आलुमा अरारोटको मात्रा धेरै कम हुने गर्छ । यसैकारण यसको रङ सामान्य आलु भन्दा फरक हुँदै प्याजी रङको हुने गर्छ । सामान्य रुपमा देख्दा यो चुकन्दर जस्तो देखिएपनि खाँदा भने आलुको स्वाद आउने गर्छ । प्याजी रङको यो आलु जंगली वा सामान्य आलुबाट बनाइएको हुन्छ । उमालेपछि यसको रङ धेरै चमकदार र प्याजी बन्ने गर्छ ।
लगभग ७५ ग्राम पर्पल आलुमा पाइने पोषक तत्वहरु :
- ५२.५ ग्राम क्यालोरी
- १२ ग्राम कार्बोहाइड्रेट
- १.४ ग्राम प्रोटिन
- ०.१ ग्राम फ्याट
- १.३ ग्राम फाइबर
- ६.५ मिलिग्राम भिटामिन सी
- ३४१ मिलिग्राम पोटासियम
- ०.१ मिलिग्राम भिटामिन बि६
- ४५.७ मिलिग्राम फस्फरस
- ०.१ मिलिग्राम कप्पर
- ०.१ मिलिग्राम मेगनेस
- ०.१ मिलिग्राम थियामिन
- ०.९ मिलिग्राम नियचिन
- १६.५ मिलिग्राम मेग्नेसियम