स्वास्थ्य

जमराको जुस बनाउने तरिका र यसका १५ फाइदा

जमराको जुस बनाउने तरिका र यसका १५ फाइदा

नेपाली बजारमा आजकल जौ को जुसको प्रयोग बढ्दो छ। जानेर वा नजानेर मानिसले हाललाई हल्लामा समेत यसको प्रयोग सकारात्मक रुपमा गरेको पाइञ्छ। यसले सामान्य रुपमा चिसोमा, रुघामा, टाउको दुखेको बेला, पखला लागेको बेला, कब्जियत हुँदा जौ को जमराको जुसले फाइदा गर्छ ।

जौ लाई पुरातन हिन्दु संकारमा मात्र नभई बैज्ञानिकहरुले पनि सबैभन्दा गुणकारी औसधीका रुपमा लिन्छन् । यस मध्ये पनि बिशेषत ‘जौ’ को जमरा एक चामत्कारिक औषधिको रुपमा परिणत भैसकेको छ । यसको सेवनले मानिस सँग रोग प्रतिरोधि क्षमताको बृद्धि गर्ने,पाचनप्रणालिमा सुधार हुने, शक्तिबद्र्धकको रुपमा काम गर्ने जस्ता विभिन्न चामत्कारिक फाइदाहरु रहेका छन् । आउनुहोस जानौ यसै जौ को जमराका १५ फाइदा र गुड्वान प्रयोग र औसधिय गुण।

जमरा उमार्ने / बनाउने तरिका

जौको जमरा उर्मान घाम नर्छिने अध्यारो कोठाको आवश्यकता पर्दछ । जसमा राम्रो मल भएको केहि ओसिलो माटो ४ इन्च जति बाक्लो हुनेगरी बर्गाकार वा आयताकार भाँडामा राखी सो माटो माथि ठिक्क बाक्लो हुनेगरी जौ को दानाहरु छर्नुपर्दछ र माथिबाट माटोले छोपि हल्का पानि ले छम्किनु पर्छ । यसरी जौ को जमरा राखेको ६ दिन जति पछि वा जमरा ७ देखी ८ इन्चको भएपनि यसलाई कैचीले काटेर यसको जुस तयार गरी सेवन गर्न सकिन्छ ।

जौ जमराको जुस सेवनबाट हुने १५ फाइदा

१. यसको सेवनले शरिरको अनावश्यक कोल्स्टोल कम गर्छ

२. रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ

३. शरिर सुनिने समस्या कम गर्छ

४. पाचनशक्ति मज्बुत बनाउँछ

५. छालालाई स्वस्थकर बनाउँछ

६. मोटोपना कम गर्न मद्यत गर्छ

७. माइग्रेन टाउको टुखाइ कम गर्छ

८. क्यान्सर सँग लड्ने क्षमताको विकास गर्छ

९. पाचन शक्ति बढाउँछ

१०.बुढ्यौली देखिन कम गर्छ

११.शरिरमा हुने विभिन्न टक्सिकलाई कम गर्छ

१२.ग्यास्टिकको समस्यामा राहत दिन्छ

१३.रातो रक्तकोष बढाउन मद्यत गर्छ

१४.यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

१५.उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।

कहिले कहिले पिउने ?

१. यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछि सम्म खानपिन गर्नु हुँदैन ।

२. बिहान खाली पेटमा जौ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।

३. चिसोमा, रुघामा, टाउको दुखेको बेला, पखला लागेको बेला, कब्जियत हुँदा जौ को जमराको जुसले फाइदा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *