दि भ्वाइस अफ नेपालको उत्कृष्ट ८ मा पुगे झापाका ‘बिकास लिम्बु’
दि भ्वाइस अफ नेपालको उत्कृष्ट ८ मा पुगे झापाका ‘बिकास लिम्बु’
८ मङ्सिर २०७६ काठमाडौँ : हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को उत्कृष्ट ८ प्रतियोगी मध्ये झापाका बिकाश लिम्बु पर्न सफल भएका छन् । विकास लिम्बु टिम दिपमा अन्तिम दुइ प्रतियोगीका रुपमा अझै प्रतिस्पर्धामा छन्। प्रशारण भएको ३० औं एपिसोडमा पुगेपछि उत्कृष्ट ८ प्रतियोगी छनोट भएका हुन् ।
हाल प्रशारण भइरहेको ’लाइभ शो’मा भोटिङको प्रक्रिया सुरु भै सकेको र भोटिंगकै आधारमा प्रत्येक टिमबाट एक–एक जना प्रतियोगी बाहिरिसकेका छन् ।
बाहिरिनेहरुमा दीप श्रेष्ठको टिमबाट रजनी रिदम राई, राजु लामाको टिमबाट अन्जु राना मगर, प्रमोद खरेलको टिमबाट बल बहादुर राजवंशी, आस्था राउतको टिमबाट शशिका राई बाहिरिए ।
अब भने टिम दिपमा विकास लिम्बु र संजय महत बाँकी छन् । यस्तै, टिम राजुमा गीता शर्मा र शनिश श्रेष्ठले आफूलाई सुरक्षित गर्न सकेका छन् । टिम प्रमोदबाट दर्शकले दिएको भोटको आधारमा राम लिम्बु र मेचु धिमाल सुरक्षित भए भने टिम आस्थाबाट यांकी ह्याल्मो र आरिफ राउफ सुरक्षित छन् ।
। आगमी शुक्रबार भने ४ जना प्रतियोगीहरु एकसाथ बाहिरने छन् । प्रत्येक टिमबाट एक–एक जना बाहिरिएसँगै हरेक कोचले आफ्नो टप १ प्रतियोगी पाउनेछन् ।
‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा टिम दिपबाट सीडी विजय अधिकारीले टाइटल जितेका थिए । सिजन २ को प्रतिस्पर्धा पनि रोचक अवस्थामा पुगेको छ । दर्शकलाई भने यसपटकको ‘दि भ्वाइस अफ नेपाल’ कसले जित्ला भन्ने उत्सुकता सुरु भैसकेको छ ।
स्मरण रहोस बिकास लिम्बु ४ बर्ष अघि नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो “स्वर संग्राम”मा उपविजेता बनेका थिए।