मनोरंजन

अजयको १००औँ फिल्म ‘तानाजी’ विवादमा तानियो

अजयको १००औँ फिल्म ‘तानाजी’ विवादमा तानियो

८ मङ्सिर २०७६ काठमाडौँ : बलिउड अभिनेता अजय देवगनको १००औँ चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ । उनको यो चलचित्रमा इतिहासलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै एनसीपीका नेताले विरोध गरेका हुन् ।

एनसीपीका नेता जितेन्द्र आव्हाडले ट्विट गर्दै ‘ओम राउतले आफ्नो चलचित्रमा केही अस्वाभाविक र गलत चीज देखाएका छन् । यसलाई छिट्टै परिवर्तन गर्नुस् । यो फिल्मलाई म आफ्नो तरिकाले हेर्छु । यदि यसलाई खतरा मान्नु हुन्छ भने त्यो सही होइन ।’ भनेका छन् ।

अजय देवगनले ‘तानाजी’ विवादमा परेपछि केही जवाफ दिएका छैनन् ।

तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो । सार्वजनिक ट्रेलरमा जयले सुभे दार तानाजी मलुसरेको भूमिका निभाएका छन् । उनी छत्रपती शिवाजी महाराजको सेनापति हुन् ।

‘तानाजी’मा अजयको साथमा काजोल, सैफ अलि खान, शरद केल्कर, पन्कज त्रिपाठी, ल्युक केन्को मुख्य भूमिका रहेको छ । चलचित्रमा सैफ उदय भानको भूमिकामा देखिँदै छन् भने काजोल सावित्री मालुसरेको भूमिकामा देखिँदै छिन् । १२ वर्ष पछि अजय र काजोल एकसाथ यसै चलचित्रमा देखिएका हुन् । ओम राउतले निर्देशन गरेको चलचित्रलाई जयले नै निर्माण गरेका हुन् । चलचित्र जनवरी १०, २०२० मा रिलिज हुनेछ ।