खेलकुदफुटबल

ए डिभिजन लिग: १० खेलाडीमा सिमित जावलाखेलसंग पनि हार्यो सशस्त्र क्लब

ए डिभिजन लिग: १० खेलाडीमा सिमित जावलाखेलसंग पनि हार्यो सशस्त्र क्लब

९ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौ चरणको खेल जारि रहेका बेला आज भएको जावलाखेल क्लब  र सशस्त्र क्लब बिच भएको खेलमा जावालाखेलले सशस्त्रलाई पराजित गर्दै अंक जोड्न सफल भएको छ।

लिग अन्तर्गत दशरथ रंगशालामा ३ बजे सुरु भएको दोश्रो खेलमा जावलाखेलले सशस्त्र क्लब लाइ १-० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भएको हो।

खेलको ७१औँ मिनेटमा जावलाखेलका खेलाडी फोडे फफान्नाले गरेको गोलनै जावलाखेलजित्नका लागि निर्णायक गोल बन्न पुग्यो।

खेलको ५७औँ मिनेटमा रेड कार्ड खाएर जावलाखेलका किपर टेकेन्द्र थापा बाहिरिएपछी १० खेलाडीमा सिमित जावलाखेलले आफ्नो ल नगुमाई खेल्दै नतिजा आफ्नो पक्षमा पर्न सफल भएको हो।

आजको जित संगै जावलाखेल क्लब १२ अंक सहित ५औँ स्थानमा उक्लिन सफल भएको छ भने सशस्त्र ५ अंक सहित १३औँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *