Breaking

ठगी आरोपमा पक्राउ परे पूर्व डिएसपी गोविन्द थपलिया

३१ असार २०८० काठमाडौं : पूर्व डिएसपी गोविन्द थपलिया पक्राउ परेका छन् । ग्रिल व्यावसायी हरि श्रेष्ठलाई ठगी गरेको आरोपमा थपलिया पक्राउ परेका हुन् ।

श्रेष्ठ र थपलिया बीचको सहमति अनुसार पांच करोड भन्दा बढी भुकानी नगरी आलटाल गरेको भन्दै थपलिया पक्राउ परेका हुन । श्रेष्ठले संचालन गरेको न्यू कालिका ग्रील तथा सोलार पिल्टर कन्स्ट्रक्सन प्रा.लि बाट काम गराए बापत थपलियाको स्वामित्व रहेको ग्रामिण कृषी फार्मले बुंगुरको खोर बनाउने विषयमा भएको सहमति अनुसार पांच करोड भन्दा बढी भुकानी नगरी आलटाल गरेको भन्दै थपलिया पक्राउ परेका हुन ।.

श्रेष्ठसंग कुल ६७ लाख रुपैयाँको लागतमा बुंगुरको फार्म बनाउने सहमतिभएपनि थपलियाले नौ करोड भन्दा बढीको निर्माण गराएका थिए । श्रेष्ठ नेतृत्वको कम्पनिले काभ्रोपलान्चोकको पाँचखालमा बुंगुर खोर मात्रै होइन थपलियाको मौखिक आग्रह र म्यासेज मार्फत थप कार्यहरु बख्राको खोर, बोइलर कुखुराको खोर, चल्ला राख्ने घर र गाइ भैँसीको फार्म समेत बनाउन लगाएका थिए । समय समयमा केहि भुक्तानी दिए पनि थपलियाले विश्वासकै आधारमा श्रेष्ठको कम्पनीबाट नै लगानी गरिदिन आग्रह गर्दै निर्माण समाग्रीहरुसहित निर्माण काय गराएका थिए ।

समय समयमा गरेको भुक्तानी अनुसार ३ करोड रुपैयाँ बराबरको रकम पनि दिए पनि अन्य भुक्तानी भने दिन अस्विकार गर्दै कानुनि झन्झट दिन सुरु गरेका थिए । पैसा माग्दा पीडित श्रेष्ठलाई थपलियाले आफू नेपाल प्रहरीको पूर्व डिएसपी हुँ भन्दै पदको धम्की दिने गरेको श्रेष्ठको आरोप छ । थपलिया विरुद्ध उनले काठमाडौं प्रहरी, सरकारी वकिल कार्यालय मात्रै होइन विभिन्न निकायमा उजुरी गरिसकेका थिए ।

पीडित श्रेष्ठले काठमाडौं प्रहरी लगायत विभिन्न स्थानमा दिएको जाहेरी अनुसार उक्त निर्माण कार्यको नाँपजाँच गरि जम्मा रकम ९ करोड १३ लाख रपैयाँ उक्त कृषी फार्म स्थापनागर्दा खर्च भएको छ । तर थपलियाले सम्झौता विपरित गएर जम्मा ३ करोड ६८ लाख मात्र भुक्तानी गरे । श्रेष्ठले बाँकी रहेको ५ करोड ४५ लाख माग्दा थपलियाले उल्टै ज्यान मार्ने धम्की दिन थालेको उनको आरोप थियो । “गत साल २०७८ फागुन १९ गते काभ्रेको पाँचखालस्थित उनको कषि फार्ममा बोलाएका थिए । उनले भनेको मिति र समयमा हामी उक्त स्थानमा पुग्दा प्रहरी लगायत अन्य व्यक्तिहरुको प्रयोग गरेर पारिश्रमिक लिन गएका हामीलाई बाँकी पैशा दिन्न भन्दै धम्कीसहित गाली गलौज गरेकोप बताएका छन ।

थपलियाको धम्कीपछि तत्काल श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकमा शान्ति सुरक्षाको निवेदन दिए । तर थपलियाको धम्की रोकिएन । उनले आफू उच्च पदस्त पूर्व कर्मचारी भएको र आफ्नो न्यायालयसम्म उच्च पहुँच रहेको भन्दै थप धम्क्याउन थालेको आरोप पीडित लगाउँछन् । आफ्नो कम्पनीले गरेको काम र निर्माण सामाग्रीको पाउँनु पर्ने रकम नपाएपछि श्रेष्ठले गत भदौ १३ मा उजुरी दिएका थिएका थिए ।

ठगीको आरोप लागेका पूर्व डिएसपी थपलिया म्यानपावर व्यावसायी समेत हुन् । उनको म्यानपावरमा प्रहरीकै उच्च अधिकारीहरु साझेदार रहेका छन् । आफूले पाउनुपर्ने रकमको भ्याट बिल सहितको दाबी पेश गर्दा पनि थपलियाले भुक्तानी नदिएको उनको आरोप छ । थपलियालाई आइतबार दिउँसो ३ बजे उनको म्यानपावरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस विषयमा महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले थपलिया पक्राउ परेको पुष्टि गरे ।

थपलियाबाट पीडित भएका श्रेष्ठले विभिन्न निकायमा गुहार माग्दै आएपनि ठगी लगायतको अपराधमा संलग्न भएका थपलिया शक्तिको आडमा उन्मुक्ति पाउँदै आएका थिए।