Breakingसमाज

उपत्यका छाड्न अनिवार्य रुपमा सम्बन्धित स्थानीय तहको सिफारिस न्याउनुपर्ने

२१ बैशाख २०७७ काठमाडौँ : २२ बैशाख देखि निषेधाज्ञाका बीच उपत्यका छाड्न नपाइने भएको छ। यदि उपत्यका छोड्नैपर्ने भएमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ।

मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप गर्दै वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

यही बैठकले काठमाडौं उपत्यकामा भएका यदि कसैले बाहिरिन चाहेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्नेछ ।

सोही निर्णयमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलसम्म जान दिने उल्लेख छ । यस्तै बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्ने निर्णय पनि गरेको छ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ।