प्रचण्ड र माधब जीले दुइ अङ्कको सिट जितेर देखाउन: प्रम ओली
प्रचण्ड र माधब जीले दुइ अङ्कको सिट जितेर देखाउन: प्रम ओली
१८ पुस २०७७ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड गुटका दुइ नेता प्रचण्ड र माधब नेपाल प्रति आक्रोसपूर्ण अभिव्यक्ति दिदै आगामी निर्वाचनमा दुइ अङ्कको सिट जितेर देखाउन चुनौती दिएका छन्।
आज काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा आयोजीत काठमाडौँ जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। सम्बोधनमा ओली प्रचण्ड-माधव नेपाल समूहविरुद्ध खनिए । उनले प्रचण्ड र माधव नेपाललाई खिया लागेको नटबोल्ड, कुहिएको फलसँग दाँजे । प्रचण्ड, माधवहरुकै कारण एकता गरेको तीनवर्षसम्म पार्टीले गति लिन नसकेको निष्कर्ष सुनाउँदै ओलीले भने, ‘दुइटा नटबोल्ड फेर्दा गाडी अगाडि ।’उनले प्रचण्ड–नेपाल समूहको आन्दोलनको औचित्य नभएको बताए । उनले आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गरे । उनले आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि प्रचण्ड–नेपाल समूहलाई चुनौती दिए ।
ओलीले प्रचण्ड(माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’