राजनिती

नेकपाको स्थायी कमिटी सदस्यमा कृष्ण बहादुर महरा नियुक्त

नेकपाको स्थायी कमिटी सदस्यमा कृष्ण बहादुर महरा नियुक्त

७ पुस २०७७ काठमाडौँ : पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटि सदस्य बनेका छन्। मंगलबार काठमाडौंमा बसेको नेकपा केन्द्रीय कमिटिले महरालाई स्थायी कमिटिमा ल्याउने निर्णय गरेको हो।

यसअघि बसकेको स्थायी कमिटि बैठकले केन्द्रीय कमिटि बैठकमा महराको नाम सिफारिस गरेको थियो।

२०७६ साल असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा निलम्बन परेका थिए। गत फागुनमा अदालतले उनलाई सफाई दिएको थियो।

२०७५ जेठमा नेकपा गठन हुँदा महरा सभामुख भएकाले उनी पार्टीको कुनै जिम्मेवारीमा थिएनन्। अदालतले उनलाई सफाई दिए पनि उनी पार्टी जिम्मेवारीमा फर्किएका थिएनन्।

माओवादी सशस्त्र युद्वदेखिनै पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेका महरा सभामुखबाट पदमुक्त भएपछि भने असन्तुष्ट रहँदै आएका थिए। पार्टी भित्रको अन्तरसंघर्षपछि उनी फेरि स्थायी कमिटिमा फर्कन सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *