राजनिती

बामदेव राष्ट्रिय सभामा गए प्रधानमन्त्री बन्ने ढोका बन्द हुन्छ – सांसद बिडारी

बामदेव राष्ट्रिय सभामा गए प्रधानमन्त्री बन्ने ढोका बन्द हुन्छ – सांसद बिडारी

२९ भदौ २०७७ काठमाडौँ : राष्ट्रिय सभा सांसद राम नारायण बिडारीले बामदेव मनोनित कोटामा राष्ट्रिय सभामा आए उहाँ आफैलाई घाटा हुने बताउनु भएको छ। बामदेव राष्ट्रिय सभामा छ वर्षका लागी मनोनित हुने हुँदा उहाँले आगामी प्रतिनिधि सभा निर्वाचनमा भागलिन नसक्ने सांसद बिडारीले बताउनु भयो।

बामदेवलाई राष्ट्रिय सभामा लाने पार्टीको निर्णय भएकोले थप टिप्पणी नगर्ने बताएका बिडारीले पार्टीको आन्तरिक द्वन्द समाधान गर्न मुख्य भूमिका उहाँको नरहेपनि बामदेवले फाइदा उठाएको इसारा गरेका छन् ।

यस्तै एमसीसी बारे गरिएको प्रश्नमा सांसद बिडारीले एमसीसीलाइ दुइथरि पास गर्नुपर्छ भन्ने र गर्नु हुदैन भन्नेहरुले अतिरन्जित मात्र बनाएको टिप्पणी गरेका छन्। सांसद बिदरिले बिदेशी सहयोग नेपाललाई चाहिने तर देश र जनताको हितमा हुनुपर्ने समेत बताएका छन्।

तिन बर्ष पार्टी आन्तरिक द्वन्दमै रुमलियो नि भन्ने प्रश्न को जवाफमा सांसद बिडारीले त्यो द्वन्द नभएर मन्थन भएको र त्यसबाट राम्रै नाजिजा निस्कने गरेको बताएका छन्।

२०४५ को संबिधान उत्कृष्ट भएको र प्रचण्डको टाउको मूल्य समेत तोक्ने सरकारमा भएको नेकपा एमाले र ४७ को संबिधान फेर्नु पर्छ भनेर लागेको नेकपा माओबादीबीच एकता हुँदा धार मिलाउन समेत पार्टी भित्र मन्थन हुने गरेको सांसद बिडारीले बताएका छन्।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *