राजनिती

हार्नेहरुको थलो बन्ने भयो राष्ट्रिय सभा : नेकपा सांसद गौतम

हार्नेहरुको थलो बन्ने भयो राष्ट्रिय सभा : नेकपा सांसद गौतम

संखुवासभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद राजेन्द्र गौतमले आफ्नै पार्टी भित्रको अन्तर्द्वन्दका कारण पार्टी नैतिक रुपमा पतन को बाटो तर्फ हिडेको बताएका छन्। साथै उनले बामदेवलाइ राष्ट्रिय सभामा लान नहुने तर्क समेत गरेका छन्।

बिहिबार विश्वघटना डट कम संगको अंतर्बर्ताका क्रममा नेकपा सांसद गौतमले पार्टीले आफ्नालाई मात्र हेरेकोले जनतामा पार्टी अलोकप्रिय हुँदै गएको बताएका छन्।

नेकपाका पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठलाइ पार्टी भित्र बिधिको सासन स्थापित गर्न चुनौती दिंदै सांसद गौतमले आफ्नालाइ हैन सक्षमलाइ मौका दिने बिषयमा पार्टीको धारणा स्पस्ट पर्न आग्रह गरेका छन्।

उनले राष्ट्रिय सभामा बामदेव गौतमलाई लागे पार्टी प्रति बेथितिको धब्बा लाग्ने र आगामी निर्वाचनमा नेकपाको अस्तित्व खतरामा पर्ने संकेत गरेका छन्।

नेकपाको आज बसेको सचिबालय बैठकले बामदेवलाइ राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *