प्रहरीमाथि आक्रमण गर्न आएका २०० भन्दा बढीलाइ नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर १ को मृत्यु
प्रहरीमाथि आक्रमण गर्न आएका २०० भन्दा बढीलाइ नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर १ को मृत्यु
१० भदौ २०७७ झापा : झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापाको झापा गाउँपालिकाको कामाटोलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीको गोलि लागेर एकको मृत्यु भएको हो।
प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले जानकारी दिए ।
सो स्थानमा गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँने क्रममा स्थानीयले छेकेपछी २ सय भन्दा बढीको भीड र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएपनि गोली लागेर एक जनाको मृत्यु भएको हो ।